कोहलपुर (बाँके) ।
नेकपा (माओवादी केन्द्र) बाँकेले सम्भावित विपद्मा खटिनका लागि द्रुत एक्सन टोली (रेपिड एक्सन टिम) बनाएको छ । माओवादीले सोमबार विपदका् बेलामा उद्धार कार्यमा केन्द्रित रहने उद्धार, खोज र राहतमा खटिने गरी जिल्ला संयोजक नरेन्द्र पाण्डे जेम्सको नेतृत्वमा विपद् उद्धार समूह बनाएको हो ।
सोमबार कोहलपुरमा सम्पन्न आठ वटा जिल्लाका पालिका अध्यक्षहरूको भेलाले पाण्डेको नेतृत्वको १५० सदस्यीय विपद् उद्धार समूह बनाएको हो । समूहमा पालिकाका अध्यक्ष, जनवर्गीय संगठनका केन्द्रीय सदस्य, जिल्ला तथा पालिका अध्यक्ष र नेता कार्यकर्ताहरू सदस्य रहनेछन् । पहिलो चरणमा जिल्लास्तरीय समूह बनाइएको र लगत्तै पालिका अध्यक्षको नेतृत्वमा आठ वटै पालिकामा विपद् उद्धार समूह बनाउने संयोजक पाण्डेले बताए ।
विपद्पछि उद्धार, खोज र राहतमा नागरिक तथा सरकारलाई सघाउ पु¥याउन यस्तो समूह बनाइएको माओवादी केन्द्र बाँकेले जनाएको छ ।
‘विपदमा सहयोग गर्ने उद्देश्यले उद्धार टिम बनाइएको छ । वर्षायाममा हुनसक्ने विपद्को समयमा प्रभावित क्षेत्रमा खटिनका लागि टोली बनाइएको हो । उद्धारमा खटिने उद्देश्यले जोखिम न्यूनीकरणमा भूमिका खेल्ने समूहको मुख्य जिम्मेवारी हुनेछ,’ उनले भने ।
विपद्को समयमा जनताले प्रभावित हुने र उनीहरूलाई राहत पु¥याउने काम समूहले गर्नेछ । भेलामा आगामी रणनीतिका विषयमा छलफल भएको थियो । यस्तै स्थानीय सरकारले गरिरहेका काम कारबाहीका विषयमा समेत समीक्षा गरिएको उनले बताएका छन् । कार्यकर्ताहरूलाई जनआकांक्षा अनुसार अघि बढ्न अपील गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्