बिलि जिन किङ कप टेनिसमा नेपालको लगातार दोस्रो जित



काठमाडौँ ।

नेपालले बिलि जिन किङ कपमा बुधबार लगातार दोश्रो जित हात पारेको छ । समूह ‘बी’ को खेलमा नेपालले कतारलाई ३–० ले पराजित ग¥यो। पहिलो खेलमा नेपालले म्यान्मारलाई २–१ ले हराएको थियो । श्रीलंकाको कोलम्बोमा भइरहेको प्रतियोगिताको पहिलो सिंगल्समा नेपालकी शिभाली गुरुङले दाना खलिफालाई ६–० र ६–२ को सोझो सेटमा पराजित गरिन् ।

दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले मुबारका अल नाइमीलाई ७–६ र ६–४ ले हराइन् । डबल्समा नेपालका सुनिरा थापा र स्वस्तिका विष्टको जोडीले हिन्द अल मुदाहका र मुबारकाको जोडीलाई ४–६, ७–५ र ११–९ ले पाखा लगाए ।

समूह चरणको अन्तिम खेलमा नेपालले बिहीबार श्रीलंकासँग खेल्ने टिम अफिसियल समेत रहेका नेपाल टेनिस संघ, तदर्थ समितिका सदस्य अजय विष्टले जनाएका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार