एकल कातामा एलिनालाई स्वर्ण



काठमाडौँ ।

कीर्तिपुर नगरपालिकाकी एलिना थिङले काठमाडौँ जिल्लाव्यापी वृहत खेलकुदअन्तर्गत करातेको महिला एकल कातामा बुधबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा एलिनाले तार्केश्वर नगरपालिकाकी प्रसन्न फुयाललाई पराजित गरिन् । नागर्जुन नगरपालिकाकी बन्दना तामाङ तथा आयोजक काठमाडौँ महानगरपालिका वडा २६ की मिस्टी श्रेष्ठ तेस्रोे भए ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३० हजार, १५ हजार र ५÷५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । महिला टिम कुमुतेमा सोनाम शेर्पा, समिक्षा ढुंगाना, मोनिका लामा, आयुशा प्रधान र मनीषा लामाको नागर्जुन टोली पहिलो भयो । काठमाडौँ महानगरपालिका ३१ का महिमा राई, आशिका राई, दिया तामाङ, नानु चौधरी र रुक्साना दनुवार दोस्रोे भए ।

गोकर्णेशवरका टीकामाया जिम्मी, डोमा तामाङ, इभान जेलिना बस्नेत, यान्शु ठोकर र आयुशा तिमल्सिना तथा तार्केश्वरका करुणा गडेल, अनु मोक्तान, एलिना तामाङ, प्रतिक्षा तामाङ र सलिना तुलाधर संयुक्त रूपमा तेस्रोे भए । पहिलो हुनेले ५० हजार, दोस्रोेले २५ हजार र तेस्रोेले १०÷१० हजार नगद पुरस्कार जित्ने छन् ।

दुईदिने प्रतियोगितामा महिलाको २ स्पर्धामा ८० खेलाडीले प्रतिस्पर्धा गरेको करातेका संयोजक सन्तोष श्रेष्ठले जनाए । ५ खेल समावेश बृहत खेलकुदमा २ खेलको प्रतिस्पर्धा सकिएको छ । करातेअघि टेबलटेनिस सम्पन्न भएको थियो ।

फुटसल

वृहत खेलकुदअन्तर्गत पुरुष फुटसलमा वडा २६ र वडा १३ सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौर खेल मैदानमा वडा २६ ले वडा १२ लाई ९–१ को फराकिलो गोलअन्तरले पराजित ग¥यो । वडा १३ ले वडा १४ लाई ४–३ गोलले हरायो ।

तेक्वान्दो

वृहत खेलकुदअन्तर्गत तेक्वान्दो बिहीबारदेखि सुरु हुनेछ । पुरुष÷महिलामा समान १०–१० गरी २० स्पर्धामा प्रतिस्पर्धा हुने तेक्वान्दोका संयोजक गौरव रजकले जनाएका छन् । २ सय ५९ खेलाडीको सहभागिता रहने छ ।

पहिलो हुने टिमले ७५ हजार, दोस्रोेले ५० हजार र तेस्रोेले २५ हजार प्राप्त गर्ने छन् । उत्कृष्ट पुरुष÷महिला खेलाडी जनही १० हजार नगदबाट पुरस्कृत हुने छन् । हरेक स्पर्धामा शीर्ष स्थान हात पार्ने खेलाडीलाई क्रमशः ४ हजार, ३ हजार र २÷२ हजार नगद पुरस्कार प्रदान गरिने छ । दुईदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ असार ५ गते बिहीबार