टिसिएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प



काठमाडौँ ।

टिसिएल नेपालले निःशुल्क एसी सर्भिस र एक्चेन्ज क्याम्प सुरु गरेको छ । गर्मीको मौसम आगमनलाई ध्यानमा राख्दै टिसिएल नेपालले ग्राहकहरूलाई निःशुल्क एसी सर्भिस, एक्सचेन्ज र आकर्षक छुटको सुविधा समेटेको विशेष अभियान सुरु गरेको हो । यो अभियान फागुन २० गतेदेखि सीमित अवधिको लागि सञ्चालन गरिएको छ ।

यस योजनाका धेरै सेवा र सुविधा रहेका छन् । अभियान अन्तर्गत निःशुल्क एसी सर्भिस प्रदान गरिनेछ । कुनैपनि ब्रान्डको एसीको निःशुल्क जाँच र सर्भिसिङको सुविधा रहेको छ । एक्सचेन्ज सुविधा अन्तर्गत पुरानो एसी साट्दा विगत भन्दा ५० प्रतिशतसम्म बढी मूल्यांकन गरिने जनाइएको छ । साथै, नयाँ टिसिएल एसी खरिद गर्दा २० प्रतिशतसम्म ग्रान्ड छुट दिइने बताइएको छ ।

यस्तै नयाँ एसीमा ४ हजार बराबरको निःशुल्क स्थापना सेवा र २ वटा निःशुल्क सेवा कुपन मूल्य ३ हजारसम्मको सेवा कुपन एक्सचेन्ज गर्ने ग्राहकहरूका लागि अतिरिक्त लाभको सुविधासमेत रहेको छ । यस सुविधा अन्तर्गत एसी मर्मत गर्दा स्पेयर पाट्र्समा ५० प्रतिशतसम्म छुट दिइने जनाइएको छ ।

टिसिएल नेपाल ग्राहकहरूलाई गुणस्तरीय उत्पादन र सेवा पु¥याउन सदैव अग्रसर रहेको छ । यस अभियानमार्फत कम्पनीले ग्राहकहरूलाई गर्मीको तयारीको साथै सहज र सुलभ सेवा पु¥याउने विश्वास व्यक्त गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८१ फागुन २४ गते शनिबार