17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मलामी जाँदै गरेको ट्र्याक्टरले किचेर सिमलघारीमा बालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१  

बाँके ।

नेपालगन्ज–गुलरिया सडकखण्डको खजुरा गाउँपालिका–६ सिमलघारीमा ट्र्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ ।

लु४त४५७५ नम्बरको ट्र्याक्टरले किचेर स्थानीय ३ वर्षीय बालक हिमांसु शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

मानखोलामा माटो निकाल्ने क्रममा माटोको ढिस्कोले पुरेर मृत्यु भएका स्थानीय १७ वर्षीय दीपेश ठकुरीको शवलाई दाहसंस्कारका लागि लिएर जाँदै गरेको ट्र्याक्टरले बालकलाई किचेको थियो ।

ठकुरीको भेरी अस्पताल नेपालगन्जमा पोस्टमार्टमपछि अन्तिम संस्कारका लागि ट्र्याक्टरमा दाउरा राखेर मलामीहरू नजिकैको मानखोला जाँदै थिए । गर्मी छल्न ट्र्याक्टरको छायामा बसेका बालकलाई चालकले नहेरी ट्र्याक्टर चलाउँदा चक्काले बालकलाई किचेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ ।

ट्र्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।

 

प्रकाशित मितिः मङ्लबार, बैशाख १८, २०८१     11:18:51 AM  |