18 September 2024  |   बुधबार, अशोज २, २०८१

साङ्केतिक भाषाको तालिम सञ्चालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र २४, २०८०  

कोहलपुर ।
साङ्केतिक भाषाको तीनमहिने तालिम शुक्रबारबाट कोहलपुरमा सञ्चालन भएको छ । कोहलपुर नगरपालिका उप–मेयर संगीता सुवेदीको प्रमुख अतिथ्यमा तीनमहिने साङ्केतिक भाषाको तालिम सञ्चालन भएको हो । सो अवसरमा बोल्दै उपमेयर सुवेदीले बहिरा अपाङ्गता भएका व्यक्तिहरूलाई सञ्चारमा पहँुच पु¥याउने उद्देश्यले साङ्केतिक भाषाको तीनमहिने तालिम सञ्चालन गरिएको बताइन् ।

सूचना र सञ्चारको हक बहिरा भएका व्यक्तिले पाउनुपर्छ भनेर विगतका वर्षहरूदेखि नै पहल भए पनि विविध कारण सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । ढिलै भए पनि कार्यक्रम सञ्चालन गर्न पाउँद खुसी लागेको उनले बताइन् ।कोहलपुर नगरपालिकाभित्रका बहिरा अपाङ्गताको आवश्यकता परिपूर्ति गर्न यो तालिम सञ्चालन गरिएको सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माले बताए ।

अपाङ्गता भएका व्यक्तिको कुरा सहजै बुझ्न तालिम सञ्चालन गरिएको उनको भनाइ छ । कोहलपुर इलाका प्रहरी कार्यालय, मालपोत कार्यलय, नापी कर्यालय, स्वास्थ्य कार्यालय, नगरपालिका, पत्रकार, युवा सञ्जाललगायतका संस्थाबाट एक–एक व्यक्तिको उपस्थितिमा तालिम सञ्चालन गरिएको उनले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, चैत्र २४, २०८०     6:47:11 PM  |