कोहलपुर ।
‘सार्वजनिक शैक्षिक गुठी’ अन्तर्गत सञ्चालित कोहलपुर माध्यमिक विद्यालय कोहलपुरको विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सर्वसम्मतिबाट झगु गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चनय भएको हो ।
गत सोमबार बसेको साधारण सभाबाट सदस्यहरू चयन भए पनि अध्यक्ष भने शुक्रबार मात्र चयन गरिएको हो । अध्यक्ष गिरीको नेतृत्वमा नवनिर्वाचित सदस्यहरूमा रामप्रसाद चापागाई, मुकुन्द पौडेल, दीपक बुढाथोकी, उञ्जा शाही र राजु भुसाल रहेका छन् ।
त्यस्तै गुठी सञ्चालन समितिको अध्यक्षमा नारायणप्रसाद लम्साल, उपाध्यक्षमा तीलप्रसाद सापकोटा, भारती खनाल, कोषाअध्यक्षमा नरेश केसी, सचिवमा श्यामसुन्दर श्रेष्ठ, सहसचिवमा कृष्णकुमारी चालिसे चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा विष्णुकान्त आचार्य, धनप्रसाद धिताल, विरसिङ विक र सुरज पराजुली रहेका छन् ।
निर्वाचित भएपछि विद्यालय व्यवस्थापन समितिका नवनिर्वाचित अध्यक्ष गिरीले आफ्नो पहिलो प्राथमिकता विद्यालयलाई टिनका छाना मुक्त बनाउनु रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्