कोहलपुरबाट ग्रेटर नेपाल बस सञ्चालन



कोहलपुर।
पूर्व–पश्चिम यातायात व्यवसायी सेवा प्रालि कोहलपुरले ग्रेटर नेपाल बस सञ्चालनमा ल्याएको छ । बुधबार नेपालगन्ज बसपार्कमा सार्वजनिक यातायात केन्द्रीय महासंघका केन्द्रीय सदस्य दीपक शर्माले रिबन काटेर बसको उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै शर्माले नाफामुखी नभई सेवामूलक रूपमा बस सञ्चालन गर्न आग्रह गरे । पछिल्लो समय यातायात व्यवसायीहरूले नयाँ–नयाँ यातायातका साधन भित्र्याएको समयमा यस प्रालिले यात्रुहरूलाई सहज र सरल ढंगबाट सेवा दिन आग्रह गरे ।

त्यस्तै पूर्व–पश्चिम यातायात व्यवसायी सेवा प्रालिका अध्यक्ष गणेशप्रसाद भुसालले अब कोहलपुरबाट एसी, सोफासहितको बस सञ्चालन हुने जानकारी दिए । अन्य प्रालिको भन्दा फरक तरिकाले सेवा सञ्चालन गर्न लागिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० माघ ४ गते बिहीबार