सेवा प्रवाह




‘नागरिकताको फोटोकपी र दुई वटा फोटो ल्याउनुस् ।’ मेरो चेकबुक हेरेपश्चात नागरिक सहायता कक्षको कर्मचारीले भन्यो ।
मैले दुवै दिएँ ।
फाराम दिँदै भन्यो– ‘खाता एक्टिभका लागि हाकिमको तोक लगाएर ल्याउनू ।’
म प्रबन्धकको कार्यकक्षमा निवेदन लिएर छिरँे । काम छिटो गराउने मनसायले
निवेदन दिँदै भनेँ, ‘हाकिम सा’ब नमस्कार । म फलानो अफिसको कर्मचारी
हो ।’
‘नमस्कार । ए, हजुर सरकारी कर्मचारी नै हुनुहुँदोरहेछ । सरकारी बैङ्कको
विश्वसनीयताको त के कुरा गर्नु ? हाम्रो बैङ्कको सेवा सुविधाका साथै सेवा
प्रवाह पनि चुस्त छ ।’ उनले तोक लाउँदालाउँदै लामै प्रवचन दिए ।
साढ ेदस बजे बैङ्क पुगेको थिएँ । खाता एक्टिभ गर्न, केवाइसी भर्न र नयाँ
चेकबुक बनाउन साढे चार घन्टा लाग्यो । तीन बज्यो ।
‘चेक साटिन्छ त ?’ संशय प्रकट गरेँ ।
‘चार बजेसम्म अफिस टाइम हो । साटिन्छ । तपाईँ त भित्र त आइसक्नुभएको छ ।’ गार्डले भन्यो ।
बैङ्कसँगको सम्बन्ध विच्छेद गर्ने झोक चल्यो । म खाता बन्दको निवेदन
र चेक लिएर पुनः हाकिमकोमा गएँ ।
‘किन खाता बन्द ?’
धेरै कुरा भन्न मन लागेको थियो तर भनिनँ ।
अन्त्यमा यत्ति भनेँ–‘सर, हजुरहरुको बैङ्क चुस्त रहेछ । पैसा निकाल्न एक दिन मात्र लाग्दोरहेछ !’

 

प्रकाशित मिति : २०८० पुस २१ गते शनिबार