बाँके ।
जाजरकोट केन्द्र भएर गएको भूकम्पमा परी घाइते भएका ३८ जनाको बाँकेमा उपचार भइरहेको छ । भेरी अस्पतालमा मध्यराति थप ६ जना बिरामी एम्बुलेन्स बाट उपचारको लागि ल्याइएको छ ।
जसमध्ये दुई जना भेरी नगरपालिका जाजरकोटका र चार जना सानिभेरी रुकुमका हुन् । अहिलेसम्म बांके जिल्लामा उपचारका लागि ल्याइएका घाइतेको संख्या ३९ पुगेको हो ।
जसमध्ये ३७ जनाको डेडिकेटेड अस्पताल भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ भने एक जना कोहलपुर मेडीकल कलेजमा उपचाररत छन् । बांकी एकको हिजो नै मृत्यु भइसकेको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेका एक जना घाइतेलाई पनि आजै डेडिकेटेड अस्पताल भेरी मै ल्याउने तयारी गरिएको अस्पतालका सूचना अधिकारी नरेश श्रेष्ठले जानकारी दिए । उ
नका अनुसार उपचाररत घाइते मध्ये पाँच जनाको सफल अपरेशन भइसकेको छ । हाल सबै ३८ जना घाइते उपचाररत बिरामीको अवस्था सुधारोन्मुख र खतरामुक्त छ ।
अस्पताल ल्याउँदा ल्याउँदै मृत्यु भएका एक जनाको शव आज बिहान नलगाड-१, जाजरकोट पठाउने व्यवस्था मिलाइएको छ ।









प्रतिक्रिया दिनुहोस्