जाजरकोटमा भूकम्पको केन्द्रविन्दु गाउँ बारेकोट-१ रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। रामीडाँडालाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प आएको हो।
प्रहरीका अनुसार जाजरकोटको बारेकोट गापा-१ को आश्रिम गुल्म जाजरकोटमा आंशिक क्षति पुगेको छ। गुल्मबाट सशस्त्रका डीएसपी विकास थापाको कमाण्डमा ६७ जनाको टोली उद्धारमा खटिएको छ। थप मद्दत टोली नं. ६ महेश्वरी बाहिनी सुर्खेतबाट सप्रनि कवीन्द्र खड्काको कमाण्डमा ३५ जनाको खटिएको छ। डा. सप्रनि निश्चल घिमिरेको कमाण्डमा ४ जनाको मेडिकल टोली खटिएको छ।
पश्चिम रुकुममा आठविसकोट-११ देखि १४, सानी भेरी गापा-१,२,४ वडाहरु र चौरजहारी नपामा भूकम्पले जनधनको क्षति भएको छ। ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते छन्।
उक्त क्षेत्रमा सशस्त्र प्रहरी बलको नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सप्रनि झक्कुप्रसाद शर्माको कमाण्डमा २४ जना र प्रबनानि बलबहादुर थापाको कमाण्डमा ११ जनाको टोली खटिएको छ।
थप मद्दतका लागि आश्रित गुल्म रुकुम पूर्वबाट सप्रनानि राजकुमार घर्तीको कमाण्डमा ११ जनाको टोली पुगेको छ।
प्रतिक्रिया दिनुहोस्