जाजरकोट भूकम्प: १२८ जनाको मृत्यु, १४१ जना घाइते



जाजरकोट केन्द्रविन्दू बनाएर शुक्रबार राति आएको भूकम्पमा परेर अहिलेसम्म १२८ जनाको मृत्यु भएको छ भने १४१ जना घाइते भएका छन्।

प्रहरीका अनुसार जाजरकोट, बारेकोट गाउँपालिका -१, रामीडाँडामा ४४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्।

त्यस्तै पश्चिम रुकुम, आठविसकोट नगरपालिका ११ देखि १४, सानी भेरी गाउँपालिका १,२,४ वडाहरु र चौरजहारी नगरपालिकामा ३६ जनाको मृत्यु भएको छ भने ८५ जनाको मृत्यु भएको छ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १८ गते शनिबार