19 June 2024  |   बुधबार, असार ६, २०८१

अपडेटः भूकम्पमा परेर जाजरकोटमा मात्रै ९२ जना बढीको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०  

काठमाडौं ।

शुक्रबार राति गएको भूकम्पमा परेर जाजरकोटमा ९२ जनाको मृत्यु भएको छ । ५५ जना घाइते भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले बताए ।

भूकम्पका कारण ठूलो मानवीय क्षति भएको विवरण आएलगत्तै राति १ बजे चौरजहारी बेस क्याम्पबाट प्रहरी टोली खटिएको उनले बताए ।

प्रवक्ता कडायतले भने, ‘सुर्खेतबाट पनि राति ४ बजे उद्धार टोली खटिएको छ, मेडिकल टोली र विपद् व्यवस्थापनको टोली समेत तयारी अवस्थामा बसेको छ ।’

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ । त्यहाँ ८५ जना घाइते रहेको प्रवक्ता कडायतले बताए । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०     7:29:40 AM  |