14 June 2024  |   शुक्रबार, असार १, २०८१

भूकम्पको असर रोल्पामा पनि, केही घरमा क्षति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०  

रोल्पा ।

शुक्रबार राति जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पबाट रोल्पामा सामान्य क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले रोल्पा नगरपालिका-८ जंकोटका डेढ महिनाको एक बालक घाइते भएको जानकारी दिएका छन्।

भूकम्पको धक्काबाट घरको पर्खाल भत्केपछि बालकलाई चोट लागेको थियो। हाल खततामुक्त अवस्थाका उनको उपचार रोल्पा अस्पतालमा भइरहेको छ। पर्खाल भत्किएको अवस्थामा च्यापिएका बालकको तत्काल उद्दार गरिएको थियो।

यस्तै भूकम्पको धक्काले पश्चिम रोल्पाका जिनाबाङ, पाखापानी, राँकलगायतका स्थानमा केही घरमा क्षति पुगेको प्रशासनले जनाएको छ। रातिको समयमा भूकम्प गएकाले सबै क्षतिको सूचना प्राप्त हुन बाँकी रहेको प्रशासनले जनाएको छ। गंगादेव गाउँपालिकामा केही व्यक्तिको घरमा धक्काले असर पुर्‍याएको छ।

प्रकाशित मितिः शनिबार, कार्तिक १८, २०८०     7:27:59 AM  |