नेपालगन्जबाट ८९ हजारसहित १० जना जुवाडे पक्राउ



बाँके।

बाँके प्रहरीले ८९ हजार रुपैयाँसहित दश जना जुवाडेलाई पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका- २ स्थित रमेश साहुको घरमा तास खेलिरहेका दश जनालाई ८९ हजार ६ सय २८ रुपैयाँसहित पक्राउ गरिएको हो।

साहुको घरमा तास खेलिरहेको सूचना पाएपछि पुगेको प्रहरीले एक गड्डी ताससहित ८० हजार २ सय २० रुपैयाँ नेपाली र ५ हजार ८ सय ८० रुपैयाँ भारुसहित दश जनालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिए।

पक्राउ परेका जुवाडेलाई मुलुकी फौजदारी संहिता २०७४ को दफा १२५ बमोजिम तीन महिनासम्म कैद वा तीस हजारसम्म जरिवाना हुन सक्ने व्यवस्था रहेको छ।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक १७ गते शुक्रबार