19 June 2024  |   बिहिबार, असार ७, २०८१

नेपालगन्ज नाका हुँदै १७ अर्ब बढीको आयात

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०८०  

नेपालगन्ज ।

नेपालगन्ज भन्सारबाट चालु आर्थिक वर्षमा १७ अर्ब ४८ करोड ९५ लाख ८ हजार ५ सय रूपैयाँको आयात भएको छ । यो कुल आयातको ४.२९ प्रतिशत हिस्सा हो । यस्तै नेपालगन्ज भन्सारबाट ४४ करोड १७ लाख ९६ हजार रूपैयाँको निर्यात भएको छ । यो कुल निर्यातको १.०८ प्रतिशत हो ।

यस्तै भैरहवा भन्सारबाट ६५ अर्बभन्दा बढीको बस्तु आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार भैरहवा भन्सारबाट चालु आर्थिक वर्षको ३ महिनामा ६५ अर्ब ८५ करोड ४४ लाख ५ हजार २ सयको सामान भित्रिएको हो ।

यो तीन महिनाभित्र भित्रिएको कुल आयातको १६.१५ प्रतिशत हो । यस्तै निर्यातमा भैरहवा भन्साले ८ दशमलव १५ प्रतिशत हिस्सा ओगटेको छ । विभागको तथ्याङ्क अनुसार ३ अर्ब ३३ करोड २२ लाख ६ हजार ७ सय को सामाना निर्यात भएको छ ।

कृष्णनगर भन्सार कार्यालयबाट ५ अर्ब ३२ करोड ३८ लाख २१ हजार रूपैयाँको बस्तु आयात भएको छ यो चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भएको कुल आयातको १.३१ प्रतिशत हो । यस्तै कृष्णनगर भन्सारबाट ५२ करोड ६७ लाख ६७ हजार रूपैयाँको निर्यात भएको यो ।

यो कुल निर्यातको १.२९ प्रतिशत हो । गौतमबुद्ध विमानस्थलबाट भने ७ लाख ६७ हजार रूपैयाँको वस्तु आयात भएको देखिन्छ भने निर्यात शून्य छ । सञ्चालनमा आएको डेढ वर्ष हुँदा पनि नियमित उडान नहुँदा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुनसान जस्तै छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०८०     10:12:46 AM  |