15 July 2024  |   सोमवार, असार ३२, २०८१

तिहारमा भारतबाट फूल आयात गरे कारबाही

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०८०  

नेपालगन्ज ।

यस वर्षको तिहारलक्षित गरेर सरकारले भारतीय फूलको आयातमा प्रतिबन्ध लगाएको छ । मागको ८० प्रतिशत फूल स्वदेशी उत्पादनले नै धान्ने भएपछि सरकारले अर्को सूचना जारी नभएसम्म भारतबाट फूल आयात गर्न प्रतिबन्ध लगाएको हो ।

तिहारलाई चाहिने फूलको माग स्वदेशी उत्पादनले धान्न सक्ने भएकाले पुष्प विकास केन्द्रको सिफारिसमा आयातमा प्रतिबन्ध लगाइएको हो ।
विगतमा मौसम प्रतिकूलताका कारण नेपाली उत्पादनले मात्र धान्न नसक्ने भएकाले भारतबाट पुष्पजन्य सामग्री आयात गर्नुपर्ने बाध्यता थियो ।

तर, यसपालि नेपालमै पुष्पखेती राम्रो भएको केन्द्रले जनाएको छ । यस वर्ष तिहारमा झन्डै ४० लाख सयपत्री माला खपत हुने अनुमान गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १७, २०८०     7:51:57 AM  |