बाँके ।
सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएको एक घण्टाभित्रै जिल्ला प्रहरी कार्यालय बाँकेले योगराज ढकाल (रिगल) लाई नेपालगन्जस्थित घर नजिकैबाट पक्राउ परेको छ ।
वडा प्रहरी कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उनीलाई अपरान्ह्र साढे चार बजे पक्राउ गरेको थियो । रिगललाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगी आफैं सेतु विक चोक पुगेका थिए ।
सुरुमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले आफ्ना केटाहरूसँग एक पसलमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिएका थिए ।
डिएसपी डाँगी नेतृत्वको प्रहरी टोलीले उनीलाई आफ्नो गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय बाँकेमा पु¥याएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक १६ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्