19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

कोहलपुर नगर प्रमुख आचार्यको संयोजकत्वमा खानेपानी बोर्ड गठन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०८०  

कोहलपुर ।

कोहलपुरमा नगरपालिकामा पहिलोपटक खानेपानी, सरसफाइ बोर्डको समिति गठन गरिएको छ । बुधबार एक कार्यक्रमकाबीच नगर प्रमुख पूर्णप्रसाद आचार्य संयोजक रहनेगरी १३ सदस्यीय बोर्ड गठन गरिएको हो ।

गठन गरिएको तदर्थ समितिको सदस्यहरूमा वडाध्यक्ष बद्रीप्रसाद जैसी, लालबहादुर राना, आपेन्द्रनाथ योगी, कल्पना शर्मा, वीरेन्द्रकुमार शाह र कोहलपुर बृहत् खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष निर्वाचनमा टेकनारायण भुसाल रहेका छन् ।

त्यसैगरी, अन्य सदस्यहरूमा संगीन शर्मा, अनिता बुढाक्षेत्री, नन्दलाल पौडेल, खानेपानी डिभिजन कार्यालय नेपालगन्ज र लुमन्ती आवासका लागि सहयोग समूह सदस्यमा चयन भएका छन् ।

बोर्डले कोहलपुरमा खानेपानी र सरसफाइको क्षेत्रमा काम गर्नेछ । कोहलपुरभित्र ४ वटा खानेपानी उपभोक्ता समिति रहेकोमा ३ वटामा आयोजनाको काम चलिरहेको बताइएको छ ।

नगरभित्रका करिब ६ हजार बढी उपभोक्ताहरूलाई स्वच्छ खानेपानी पु¥याइएको छ । कोहलपुरका २४ हजार १ सय ८३ घरधुरीलाई दैनिक ६६ लाख लिटर पानी आवश्यक पर्ने तथ्यांकले देखिएको छ । तर हालसम्म करिब २५ प्रतिशत उपभोक्तालाई मात्र स्वच्छ खानेपानी पु¥याइएको छ ।

प्रकाशित मितिः बिहिबार, कार्तिक १६, २०८०     9:01:45 AM  |