नेपालगन्ज ।
बा“के र बर्दियामा दूधको समेत भारतबाट दैनिक तस्करी हुने गरेको भए पनि नियन्त्रणमा प्रहरी प्रशासनले चासो देखाएको छैन । चोरी पैठारी नियन्त्रण गर्न बसेका निकायको लाचरीका कारण नेपाली दुग्ध किसान मारमा परेका छन् ।
भारतीय दूधका कारण यहा“का कृषकले उत्पादन गरेको दूध बिक्री नभएर ‘मिल्क होलिडे’ गर्नुपर्ने अवस्था आएको दुग्ध व्यवसायी संघ बा“केका अध्यक्ष दीपकराज भण्डारीले जानकारी दिए ।
व्यवसायीले भारतबाट हुने दूधको तस्करी नियन्त्रण गर्न पटक–पटक आवाज उठाए पनि त्यसबारेमा कुनै सुनुवाइ नभएको उपभोक्ता हकहित संरक्षण मञ्चका प्रभातसिंह ठकुरी बताउँछन् । गत भदौमा दुग्ध व्यवसायीहरूले तस्करीको दूधका कारण बाँके, बर्दियाका कृषकले झेल्नुपरेको समस्याका बारेमा जिल्ला प्रशासन कार्यालय बाँकेलाई ध्यानाकर्षण गराएका थिए । तर अहिलेसम्म त्यसको कुनै सुनुवाइ भएको छैन ।
संघका अध्यक्ष भण्डारीका अनुसार भारतीय दूधको तस्करीमा संगठित गिरोह नै सक्रिय छ । सीमावर्ती भारतीय गाउ“मा ठेकेदारहरूले जम्मा गरेको दूध एकाबिहानै भारतीय मोटरसाइकल र साइकलमा क्यारिङ गर्नेहरूले नाका कटाएर नेपालका सीमावर्ती गाउ“मा ल्याउँछन् । त्यसरी भित्रिएको दूध केही नेपाली दूध बिक्रेताहरूले नेपाली दूधमा मिसाएर बजार पठाउ“छन् ।
भारतबाट आउने दुग्धको नेपाल सरकार, स्थानीय सरकार, पशु क्वारेन्टाइन कार्यालय, भन्सार कार्यालयसँग सूचना माग गर्दा कुनै अधिकारिक तथ्यांक नभएको दुग्ध व्यवसायी संघ बा“केका अध्यक्ष भण्डारीले बताए । ‘भारतबाट सरदर दैनिक ६ हजारदेखि ८ हजार लिटरसम्म दुध भित्रिने गरेको संघले गरेको अध्ययनले देखाएको छ,’ उनले भने, ‘उक्त अध्ययन अनुसार बा“के जिल्लामा हाल २४ हजार लिटर दूध दैनिक उत्पादन हुने गरेको छ भने छिमेकी जिल्ला बर्दियाबाट ७ हजार लिटर दुध बा“केमा आएको छ ।’
यसरी जम्मा ३७ हजार लिटर दूध दैनिक बा“केमा आउने गरेको देखिन्छ । बा“केमा जम्मा दूधको खपत २२ हजार लिटर रहेको अध्ययनबाट देखिन्छ भने ७ हजार लिटर दूध दैनिक बा“केबाट अन्य जिल्लामा पठाउने गरिएको छ । ‘यसरी दैनिक ८ हजार लिटर दूध बा“केमा बढी भएको देखिन्छ,’ अध्यक्ष भण्डारीले भने, ‘यो बढी भएको दूधलाई व्यवस्थापन गर्न समस्या परेको छ जसले गर्दा बा“केका किसानहरूले उत्पादन गरेको दूध बिक्री हुन नसकेर मिल्क होलिडे भएको छ ।’
अन्य सामान जस्तै क्यारिङ गरेर सीमावर्ती गाउ“मा दूध भित्रिने गरेको नेपाली कृषकको भनाइ छ । कतिपय क्यारिङ गर्नेले मिठाई पसलदेखि घरसम्म अवैध दूध ल्याइदिने गरेका छन् ।
भारतीय अवैध दूधबाट वाक्कदिक्क बनेका व्यवसायीहरूले नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालयलाई गुहारेका थिए । तर प्रशासनबाट कुनै सुनुवाइ नभएको दूध उत्पादक किसानहरूको गुनासो छ ।
नेपाल सरकारको कुनै पनि निकायमा दर्ता नगरी बजारमा बिक्रीवितरण भइरहेको दूध र दुग्धजन्य पदार्थले अस्वस्थ प्रतिस्पर्धालाई बढावा दिन मद्दत पु¥याएको बताउ“दै व्यवसायीहरूले यस्तो कार्यलाई निरुत्साहित गर्न माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्