नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा एक ग्राम तीन सय मिलिग्राम ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन्।
प्रहरीले नेपालगञ्ज उपमहानगरपखलिका वडा नम्बर १, धम्बोझीबाट २१ वर्षीया निलु वली, २१ वर्षीया लक्ष्मी बुढामगर र २१ वर्षीय विनोद तामाङलाई पक्राउ गरेको हो।
जिप्रका र विशालनगर विटको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्