23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

कोहलपुरका दुई विद्यार्थीलाई सानिमा बैंकको छात्रवृत्ति

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०८०  

बाँके ।

सानिमा बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै चालु आर्थिक वर्षका लागि विद्यार्थीहरूलाई छात्रवृत्तिमा छनोट गरेको छ । बैंकले यसअघिका वर्षहरू जस्तै छात्रवृत्तिका लागि बाँके कोहलपुरका दुई जना विद्यार्थीलाई छनोट गरेको हो ।

छनोट भएका विद्यार्थीहरूमा त्रिभुवन माध्यमिक विद्यालयकी छात्रा मालिका यादव र राम माध्यमिक विद्यालयका छात्र आदर्श लोनिया रहेको सानिमा बैंक कोहलपुरका शाखा प्रबन्धक सन्तोष गुरुङले जानकारी दिए ।

एसइई उत्तीर्ण गरेर कक्षा ११ र १२ पढिरहेका विद्यार्थीलाई आर्थिक समस्या नहोस् भनेर छात्रवृत्तिमा छनोट गरिएको गुरुङले बताए । उनीहरूलाई प्रतिविद्यार्थी प्रतिवर्ष ५० हजारसम्म बैंकले खर्च गर्नेछ । छनौट बैठकमा नगरपालिकाका शिक्षा शाखालगायतको प्रतिनिधित्व हुने गरेको छ ।

बैंकले मोफसलका बालबालिकाको उच्च शिक्षाका लागि छात्रवृत्ति दिँदै आएको छ । सरकारी विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न विद्यार्थी छनोट गरेर सहयोग गर्दै आएको शाखा प्रबन्धक सन्तोष गुरुङले जानकारी दिए ।

प्रकाशित मितिः सोमवार, कार्तिक १३, २०८०     9:04:57 AM  |