बाँके ।
जबर्जस्ती करणी गरेको आरोपपछि फरार रहेका एक व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका–५ का ३९ वर्षीय जन्जिर थारू रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
२०७७ माघ १० मा बर्दियाको राजापुर नगरपालिका–१५ घर भई नेपालगन्ज उपमहानगरपालिका–६ स्थित डेरामा बस्ने ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरी थारू फरार भएको प्रहरीले जनाएको छ ।
घरमा लुकिछिपी बसेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धामपुर बैजापुरको टोलीले उनलाई पक्राउ गरेको डिएसपी डाँगीले बताए । पक्राउ परेका थारूलाई आवश्यक कारबाहीका लागि बाँके प्रहरीले आइतबार बाँके जिल्ला अदालतमा बुझाएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार
प्रतिक्रिया दिनुहोस्