13 July 2024  |   शनिबार, असार ३०, २०८१

कोहलपुरमा बाईक र ट्याक्टर ठोक्किँदा एकको मृत्यु, एक गम्भीर घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०  

बाँके ।

कोहलपुर–नेपालगन्ज सडक खण्डको इलाका प्रहरी कार्यालय कोहलपुर अगाडि शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ । सवारी दुर्घटना परेर अर्का एक युवक घाइते भएका छन् ।

भे ५ प ५०५ नम्बरको मोटरसाइकल र भे २ त २४३ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नेपालगन्ज उपमहानगरपालिका– १४ का २३ वर्षीय अमृत गुप्ता रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीले तत्कालै उद्धार गरेर उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर लगेपनि गुप्ताको उपचारकै क्रममा मृत्यु भएको उपचारमा संग्लन चिकित्सकले बताएका छन् ।

मोटरसाइकलमा सवार अर्काको मेडिकल कलेजकै उपचार भइरहेको छ । सवारी दुर्घटनाबारे प्रहरी र ट्राफिकले अनुसन्धान अगाडि बढाएका छन् । ट्याक्टर र त्यसका चालकलाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक १०, २०८०     6:23:27 PM  |