काठमाडौँ ।
विजयादशमीपछि टीका तथा जमरा लगाएर मान्यजनको आशिर्वाद थाप्ने क्रम आज पनि जारी छ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।
नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले कोजाग्रत पूर्णिमाका दिनसम्म नवदुर्गाको प्रसाद लगाउन मिल्ने जनाएको छ ।
प्रकाशित मिति : २०८० कात्तिक ९ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्