19 July 2024  |   शुक्रबार, साउन ४, २०८१

रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०८०  

पोखरा ।

गोरखामा रोटेपिङ खेल्दा लडेर एक जनाको मृत्यु भएको छ । पालुङटार नगरपालिका ८ मिलनचोकमा रोटेपिङ खेल्ने क्रममा ३६ वर्षीया कल्पना कोइरालाको मृत्यु भएको हो ।

पिङ खेल्ने क्रममा घाइते भएकी उनको उपचारका लागि गोरखा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको थियो ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक ७, २०८०     6:15:40 PM  |