13 July 2024  |   शनिबार, असार ३०, २०८१

बाँकेमा ड्रोनद्वारा सुरक्षा व्यवस्थाको अनुगमन गर्दै प्रहरी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, कार्तिक ६, २०८०  

बाँके ।

दसैंलाई लक्षित गरी कार्यान्वयनमा ल्याइएको सुरक्षा योजनाको बाँके नेपालगन्जमा ड्रोन क्यामेरामार्फत अनुगमन गर्न थालिएको छ ।

घटस्थापनाको दिनदेखि नेपालगन्जका विभिन्न स्थानमा स्थापना गरिएका दूर्गा मूर्तिको संख्या, बस्तुस्थिति र सुरक्षा अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय बाँके र वडा प्रहरी कार्यालय नेपालगन्जद्वारा ड्रोनमार्फत अनुगमन थालिएको हो ।

पर्सी बुधबार मूर्ति विसर्जन गर्दा सुरक्षा ब्यवस्था सहज बनाउन ड्रोन क्यामेरा उडाएर परीक्षण तथा अवलोकन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।

मूर्ति स्थापना गरिएका सबै स्थानमा प्रहरी पुग्न नसकेको अवस्थामा ड्रोन क्यामेरामार्फत पनि त्यहाँको वस्तुस्थिति बुझ्न सहज भएकाले ड्रोनको प्रयोग गरिएको उनले बताए ।

प्रकाशित मितिः सोमवार, कार्तिक ६, २०८०     2:05:24 PM  |