आज बिहानै भूकम्पको धक्का



काठमाडौं ।

काठमाडौं उपत्यकामा भूकम्प गएको छ। आज बिहान करिब ७ बजेर ४० मिनेटर जाँदा भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको कम्पनपछि मानिसहरु घरबाट बाहिर निस्किएका थिए। भूकम्पको कम्पन काठमाडौं सहित लमजुङ चितवन लगायत अन्य जिल्लामा पनि महसुस गरिएको छ।

भूकम्पको विस्तृत विवरण आउन बाँकी छ।

केही दिन अघि काठमाडौंको सुनधारा क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो।

  • No tags available
प्रकाशित मिति : २०८० कात्तिक ५ गते आइतबार