13 July 2024  |   शनिबार, असार ३०, २०८१

कोहलपुरमा पहिलोपटक भित्र्याइयो फूलपाती

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ४, २०८०  

बाँके ।

कोहलपुरको न्यूरोडस्थित खुल्ला मैदानमा राखिएको दुर्गा माताको मुर्तिमा दसैँको फूलपाती भित्र्याइएको छ । पहिलो पटक कोहलपुरमा बिशेष कार्यक्रम नै गरेर धुमधामका साथ मुर्ति राखिएको खुल्ला मैदानमा दसैँको फूलपाती भित्र्याइएको हो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्य लगायतको सहभागितामा शनिबार अपरान्ह्र खुल्ला मैदानमा फूलपाती भित्र्याइएको थियो ।
खुल्ला मैदानमा दुर्गा मुर्ति राखिएको स्थानबाट सुरु भएको ¥याली नगरका विभिन्न भागको परिक्रममा गरेर पुनः खुल्ला मैदानमा नै आएर पूजापाठसहित दसैँको फूलपाती भित्र्याइएको थियो ।

दसैँको घटस्थापनाको दिनदेखि नै न्यूरोडस्थित खुल्ला मैदानमा विभिन्न संघ संस्थाको सहकार्य र समन्वयमा बेटर बाँकेले दुर्गा मुर्ति राखेको छ । त्यहाँ दैनिका भजनकृर्तन समेत हुने गरेको छ । खुल्ला मैदानमा नै तीनवटा पिङ समेत हालिएको छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक ४, २०८०     7:48:36 PM  |