17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

इजरायल–हमास द्वन्द्वमा मारिए २२ पत्रकार, कुन देशका कति ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक ४, २०८०  

एजेन्सी ।

यही अक्टोबर ७ देखि इजरायल र हमासबीच जारी लडाइँमा अहिलेसम्म २२ जना पत्रकार मारिएका छन्। कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार इजरायल–गाजा द्वन्द्वमा हालसम्म २२ पत्रकारले ज्यान गुमाएका हुन्।

सीपीजेको विज्ञप्तिअनुसार मारिएका पत्रकारमा १८ प्यालेस्टिनी, ३ इजरायली र १ लेबनानी छन्। सीपीजेका अनुसार आठजना पत्रकार घाइते भएका छन् भने तीनजना बेपत्ता वा हिरासतमा छन्।

सीपीजेका प्रवक्ताले भने, ‘पत्रकार पनि संकटको समयमा कठिन काम गर्ने नागरिक हुन्, र युद्धका पक्षहरूले उनीहरूलाई निशाना बनाउन नहुनेमा सीपीजे जोड दिन्छ।’

इजरायलले गाजामा लगातार बमबारी गरिरहेको छ। हमासको स्वास्थ्य विभागका अनुसार बम विस्फोटमा हालसम्म चार हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ। दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणमा १४०० भन्दा बढी जनाको मृत्यु भएको छ।

प्रकाशित मितिः शनिबार, कार्तिक ४, २०८०     11:17:27 AM  |