20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

युवती हत्या आशंकामा एक पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०८०  

सुर्खेत ।

रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१ खलंगास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका वडा नम्बर ९ सिम्ली बस्ने ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर विक रहेका छन् । उनीलाई बुधबार पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

मुसिकोट नगरपालिकाका–७ साँखकी २८ वर्षीया भावना विक खलंगाको सत्कार होटेलको कोठा नम्बर १ मा मंगलबार बिहान मृत फेला परेकी थिइन् । अनुसन्धानका लागि प्रहरीले कोहलपुरबाट तालिम प्राप्त कुकुर झिकाएको थियो । मृतक महिलाको घाँटीमा चोट रहेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धान गर्दै जाँदा घटनामा लोकबहादुरको संलग्नता खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नमराज भट्टराईले बताए ।

‘उनीहरूबिचको कल डिटेल र होटेलमा कोठा लिँदा उल्लेख गरेको मोबाइल नम्बरबाट लोकबहादुरको घटनामा संलग्नता खुलेको हो’ उनले भने ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २, २०८०     7:22:44 AM  |