मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु



बर्दिया ।

बर्दियाको शक्तिपुरबाट गणेशपुरतर्फ आइरहेको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आइतबार राति गुलरिया नगरपालिका–११ का ६० वर्षीय इस्माइल खाँलाई सडक पार गर्दा मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका खाँलाई उपचारका लागि नेपालगन्जस्थित शिक्षण अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको बर्दियाका प्रहरी उपरीक्षक (एसपी) सुधिरराज शाहीले जानकारी दिए ।

ठक्कर दिने भे७प ८६०४ नम्बरको मोटरसाइकल र चालक बढैयाताल गाउँपालिका–९ का सुकदेव थारूलाई नियन्त्रणमा लिई कारबाही अगाडि बढाइएको बर्दिया प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज ३० गते मंगलबार