बाँके ।
हिन्दुहरूको महान् पर्व दसैंको पहिलो दिन आइतबार बाँकेसहित देशभरका अधिकांश स्थानहरूमा दुर्गा मूर्ति स्थापना गरिएको छ । नेपालगन्ज, कोहलपुर, खजुरा, जानकीलगायत बाँके जिल्लाभर नै चोक चौराह तथा टोलहरूमा समेत धुमधामका साथ दुर्गा मूर्ति स्थापना गरिएको थियो ।
केही वर्षअघिसम्म दसैंका लागि दुर्गा मूर्तिहरू भारतबाट ल्याइने गरे पनि यस वर्ष भने अधिकांश मूर्तिहरू नेपालगन्ज र आसपासका क्षेत्रमा निर्माण गरिएका थिए । यसअघि फ्याट्टफुट्ट स्वदेशमै मूर्ति निर्माण गरिए पनि उक्त मूर्ति पर्याप्त नभएपछि सीमावर्ती भारतको रुपैडिहा, बाबागन्जलगायतका क्षेत्रबाट महँगोमा दुर्गाका मूर्ति खरिद गरी ल्याइन्थ्यो ।
तर, पछिल्लो समय बाँकेको नेपालगन्जसँगै विभिन्न स्थानमा यहीका मूर्तिकारले मूर्ति बनाउन थालेपछि सहजता भएको छ । खासगरी मधेसी समुदायले नवरात्रभरी व्रत बस्ने र दुर्गा भवानीको पूजापाठ गर्ने गर्छन् । घटस्थापनाको दिन स्थापना गरिएका मूर्ति नरवारात्रसम्म वैदिक विधिपूर्वक पूजापाठ गरी दसैंको भोलिपल्ट नजिकैको पोखरी तथा नदीमा लगेर विर्सजन गर्ने गरिन्छ ।
प्रतिक्रिया दिनुहोस्