21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

मनाङको हेलिकप्टर दुर्घटना Update: पाइलट सकुशल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, अशोज २७, २०८०  

साेलुखुम्बु ।

मनाङ एअरको हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ ।

ओखलढुङ्गाको रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर लोबुचेमा अवतरणका क्रममा दुर्घटना भएको हो ।

हेलिकप्टरमा पाइलट पिके सेढाईँ मात्रै रहेका र उहाँ सुरक्षित रहेका मनाङ एअरले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

प्रकाशित मितिः शनिबार, अशोज २७, २०८०     8:29:11 AM  |