बजाज पल्सर एन १६० नयाँ कलर भर्सनमा



बाँके ।

बजाज पल्सर एन १६० को नयाँ कलर भर्सन सार्वजनिक भएको छ । कम्पनीले भृकुटीमण्डपमा जारी ग्र्यान्ड कार्निभलमा पल्सर एन १६० नयाँ कलरमा सार्वजनिक गरेको हो ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एन्ड कम्पनीले क्यारिबियन ब्लू कलरमा पल्सर एन १६० ल्याएको हो । कम्पनीले यसमा कलरका अलावा अन्य कुनै परिर्वतन गरेको छैन । यसको मूल्य रेगुलर मोडलको जस्तै ३ लाख ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।

बजाजको पल्सर १६० एनमा ट्विन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्विल, स्प्लिट ग्राबरेल, अन्डरबेली एग्जस्ट पाउन सकिन्छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्क्रिन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्यांकी पाउन सकिन्छ ।
यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिन्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पिड गियरबक्स रहेको छ ।

बजाजले एन १६० सेमी डिजिटल इन्स्टुमेन्ट क्लस्टर दिएको छ । साथै, डबल च्यानल एबीएस र दुवै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्विल पाउन सकिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज २७ गते शनिबार