बाँके ।
नेपालगन्जको बीपी चोक हुँदै हुदै बागेश्वरी मन्दिर जाने सडक छेउका फर्निचर पसलहरूमा आगलागी भएको छ । शुक्रबार बिहान साढे ४ बजेतिर भएको आगलागीबाट आधा दर्जन पसल जलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आगलागीबाट ७ पसलमा रहेका काठ र स्टिलका फर्निचर जलेर नष्ट भएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका वारुण यन्त्र र सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको बाँके प्रहरीले जनाएको छ ।
यस क्षेत्रका पसलमा पटकपटक आगलागी हुँदै आएको छ । अहिले आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी डिएसपी नारायण डाँगीले जानकारी दिए ।
प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्