26 July 2024  |   शुक्रबार, साउन ११, २०८१

बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्य गृह मन्त्रालय तानिए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २५, २०८०  

काठमाडौं ।

गृह मन्त्रालयले पाँचजना प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । उपप्रधान एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै विभिन्न जिल्लाका पाँचजना सीडीओको सरुवा गरेका हुन् ।

जसमा दोलखाका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमालालाई सर्लाहीको प्रमुख जिल्ला अधिकारी, सर्लहीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई इलामको प्रमुख जिल्ला अधिकारी, इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई बाँकेको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

यस्तै, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यलाई गृह मन्त्रालय तानिएको छ भने गृह मन्त्रालयमा कार्यरत सहसचिव टुवराज पोखरेललाई दोलखाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज २५, २०८०     3:07:42 PM  |