23 July 2024  |   मङ्लबार, साउन ८, २०८१

गोरखाका विद्यार्थीले तयार गरे पत्रिकाको नमुना डिजाइन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, अशोज २५, २०८०  

नेपालगन्ज ।

बाँकेको कोहलपुरस्थित गोरखा युनाइटेड पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थीले अतिरिक्त क्रियाकलापअन्तर्गत पत्रपत्रिकाको नमुना ‘लेआउट डिजाइन’ तयार गरेका छन् । उक्त डिजाइन बनाउन विद्यार्थीले निकै मिहिनेत गरेका छन् ।

स्कुलका अनुसार शिक्षक सिकाइ अभ्यासका क्रममा विद्यार्थीहरूले पत्रिकाको डिजाइन तयार गरेका हुन् ।

विद्यार्थीहरूले मिसन टुडे राष्ट्रिय दैनिक, गोरखापत्र, कान्तिपुरको नमुना लेअआउट तयार पारेका थिए, जुन निकै आकर्षक र हुबहु देखिन्छ ।

विद्यार्थीले हातले नै लेखेर समाचार पनि तयार पारेका थिए । सुन्दर अक्षर र मिलेको डिजाइन हेर्नलायक रहेको छ ।

प्रकाशित मितिः बिहिबार, अशोज २५, २०८०     9:06:04 AM  |