नेपालगन्ज ।
खजुरामा तीन ठाउँ चोरी गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत सिम्ता–५ बस्ने २३ वर्षीय शिव नेपाली रहेका छन् ।
प्रहरीका अनुसार, नेपालीले असोज १८ गते खजुरा–६ सिमलघारीस्थित आरके ज्वैलर्सबाट सुन चाँदीका गरगहना, त्यसअघि असोज १५ गते जनता दुग्ध उत्पादक सहकारी संस्थाबाट ल्यापटप र असोज १९ गते खजुरा बजारमा रहेको दीपशिखा ज्वैलर्सबाट सुन चाँदीका गरगहना चोरी गरेका थिए ।
चोरी गर्दा प्रयोग भएका दराँैती, पेचकस, रेन्ची, हथौडा, पिलास र चक्कुसमेत बरामद भएको छ ।
प्रहरीले नेपालीको साथबाट ल्यापटप १ थान, नगद ६ हजार ९ सय ७५ रुपैयाँ, सुनको टुक्रा ५ ग्राम, चाँदीको औठी १२ थान, सिक्री ८ थान, मुन्द्रा ४५ थान, जन्तरः– २ थान, ब्रासलेट २ थान, पायल ४ थान, बिछिया ८ थान, लकेट १४ थान, सिक्का ३ थान, बाला १० थान, दुक्रा ८० ग्राम बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्