बुटवल ।
कपिलवस्तुमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले टोकेर घाइते भएका वाणगंगा नगरपालिका–९ भलवाडका दिदीबहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले भलवाड निवासी ३ वर्षीय रीतिका क्षेत्रीको बिहान र ८ वर्षीय इशिका क्षेत्रीको साँझ उपचारको क्रममा मृत्यु भएको जानकारी दिए ।
उनीहरूलाई घरमा सुतिरहेको अवस्थामा राति सर्पले टोकेको थियो । सर्पले टोकेको थाहा पाएपछि दुवैलाई बिहान उपचारका लागि कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिंगेमा लगिएको थियो ।
थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याएपछि उनीहरूको मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्