बाँके ।
होमस्टे महासंघको चौथो राष्ट्रिय महाधिवेशन यही असोज २५ गतेदेखि २७ गतेसम्म चितवनमा हुने भएको छ ।
उक्त महाधिवेशनका लागि गैँडाको चित्रअंकित लोगो सार्वनजिक गरिएको छ । महासंघका महासचिव कृष्ण चौधरीले बिहीबार बाँकेको कोहलपुरमा उक्त लोगो सार्वजनिक गरेका हुन् ।
चौधरीका अनुसार विभिन्न स्थानमा रहेका पर्यटन प्रवद्र्धनका सम्भावनाहरूलाई आर्थिक स्रोतका रूपमा विकसित गर्दै लैजान र स्थानविशेषका रहनसहन, चालचलन तथा खानाका परिकारहरूबाट पाहुनाहरूलाई आतिथ्यता प्रदान गर्ने होमस्टेहरूले देशको अर्थतन्त्रमा समेत टेवा पु¥याउँदै गएकाले पर्यटन विशेषसहितको लोगो सार्वजनिक गरिएको हो ।
देशभर १ हजार ५ सय गाउँबाट ७ हजार होमस्टेका ६ सय बढी प्रतिनिधिहरूको सहभागितामा महाधिवेशनमा हुनेछ । बाँकेबाट २५ जनाको प्रतिनिधित्व रहने महासचिव चौधरीले जानकारी दिए ।
प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रबार
प्रतिक्रिया दिनुहोस्