नेपालगन्जमा दिनभर निषेधाज्ञा, रातिभर कर्फ्यु यथावत



बाँके ।

नेपालगन्जमा शुक्रबार राति ८ बजेदेखि शनिबार बिहान ६ बजे सम्म कर्फ्यु यथावत रहने प्रशासनले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारीबाट जारी गरिएको निषेधाज्ञा कर्फ्यु सम्बन्धी सूचनामा दिनभर नेपालगन्ज खुल्ला रहने तर निषेधित क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस र पर्दशन गर्न नपाइने, पाँच जना एक ठाउँमा भेला हुन पनि नपाइने प्रशासनले जनाएको छ । ।

शुक्रबार बिहान ६ बजेदेखि साँझ ८ बजे सम्मका लागि कर्फ्यु हटाइएको छ । कर्फ्यु हटाइए पनि निषेधाज्ञा जारी रहनेछ । सो अवधीमा कुनै पनि र्‍याली, सभा, सम्मेलन गर्न र भीड जम्मा गर्न नपाइने प्रशासनले जनाएको छ ।

बिहीबार बिहान ८ बजे सुरक्षा समितिको बैठकले बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म कर्फ्यु कायम गरेको थियो ।
नेपालगन्जका चोकचोकमा प्रहरी तैनाथ छन् । गत मंगलबार दिउँसो १ बजेदेखि यहाँ कर्फ्यु लगाइएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज १९ गते शुक्रबार