20 February 2024  |   मङ्लबार, फाल्गुन ८, २०८०

नेपालगन्ज झडपमा घाइते भएका २२ जनामध्ये २१ जना घर फर्किए

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, अशोज १७, २०८०  

बाँके ।

नेपालगन्ज घटनामा घाइते भएका २२ जनामध्ये २१ जना उपचारपछि घर फर्किएका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा शान्ति सुव्यवस्था कायम गर्ने क्रममा दुई समूहबीच भएको झडपमा हालसम्म ५ जना सुरक्षाकर्मी र १७ जना सर्वसाधारण सहित २२ जना घाइते भएकोमा २१ जना उपचारपछि घर फर्किएको जनकारी दिएको हो ।

उनीहरु विभिन्न स्वास्थ्य संस्थामा उपचार भए पश्चात घर फर्किएको र १ जना सर्वसाधारणको अझै भेरी अस्पतालमा उपचार भैरहेको प्रशासनको भनाइ छ ।

नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र हिजो दिउँसो १ बजेदेखि जारी अनिश्चितकालिन कर्फ्यू आदेश कायमै रहेको पनि प्रशासनले जनाएको छ ।

नेपालगंजमा धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्नेगरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै पनि किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता संचार सामग्रीहरु प्रचार प्रसार नगर्न नगराउन प्रशासनले पुनः अनुरोध गरेको छ । त्यस्ता गतिबिधि गरे गराएको पाइएमा प्रचलित कानून बमोजिम कडा कारवाही गरिने प्रशासनले स्पष्ट गरेको छ ।

सद्भावको शहरको रुपमा परिचित नेपालगंजको गरिमालाई कायम राख्न प्रशासनले समस्त राजनितीक दल, धार्मिक अगुवाहरु, नागरिक समाज, सञ्चारकर्मी लगायतलाई अनुरोध गरेको छ ।

प्रकाशित मितिः बुधबार, अशोज १७, २०८०     12:50:56 PM  |