नेपालगन्जमा अनिश्चितकालीन कर्फ्यू



बाँके ।

मंगलबार दिउँसोदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा अनिश्चित कालसम्मका लागि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको छ । धार्मिक ¥यालीमा स्थानीय बीपी चोक नजिकै ढुंगामुडा भएर तनाव सिर्जना भएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले कर्फ्यू आदेश जारी गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले अनिश्चित कालसम्मका लागि मंगलबार दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरेका हुन् ।
‘¥यालीको क्रममा विवाद उत्पन्न भई नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृंखल गतिविधिलगायतका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एर्व शान्ति भंग हुन जाने स्थिति देखिएकाले नेपालगन्ज नगर क्षेत्रमा अनिश्चित कालसम्मका लागि कफ्र्यू आदेश जारी गरिएको छ,’ प्रजिअ आचार्यले जारी गरेको आदेशमा भनिएको छ ।

पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको ईन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकालाई चार किल्ला सीमा क्षेत्र तोकेर कफ्र्यू जारी गरिएको हो ।

कफ्र्यू जारी गरिएको समयमा कोही भेला हुन, कसैले सभा समारोह गर्न, जुलुस ¥याली गर्न, हुलहुज्जत गर्न र हिँडडुल गर्नसमेत नपाइने बाँकेका प्रमुख जिल्ला अधिकारी आचार्यले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क)(१)(३) बमोजिम कफ्र्यू आदेश जारी गरिएको थियो । कफ्र्यू आदेशको उल्लंघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मीले आवश्यकताअनुसार बल प्रयोग गरी कानुनबमोजिम कारबाहीसमेत गर्न सक्नेछन् ।
दुई धार्मिक समुदायबीच भएको तनावलाई नियन्त्रणमा लिनका लागि कर्फ्यू जारी भएसँगै मंगलबारबाटै नेपालगन्जमा नेपाली सेनालाई समेत परिचालन गरिएको छ ।

नेपाली सेनाहरू नगरका विभिन्न चोक तथा गल्लीहरूमा समेत सुरक्षाका लागि खटिएका छन् । मंगलबार बिहान करिब पौने १२ बजेदेखि सुरु भएको तनावलाई सुरक्षाकर्मीहरूले दिउँसो ३ बजेतिर आफ्नो नियन्त्रणमा लिएका थिए ।

तनाव नियन्त्रण तथा क्षति रोक्नलाई सुरक्षाकर्मीहरूले कैयौं राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । स्थितिलाई नियन्त्रणमा राख्नका लागि नेपालगन्ज क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई परिचालन गरिएको छ ।

नगरका विभिन्न स्थानहरूमा भएको झडपमा परेर ३ सुरक्षाकर्मीहरूसहित १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विष्णु साहनीले मंगलबार साँझ एक सूचना जारी गर्दै घाइतेहरूबारे जानकारी दिएका हुन् ।

‘नेपालगन्जमा शान्ति सुव्यवस्था कायम गर्नका लागि जिल्लास्थित सबै सुरक्षा निकायका सुरक्षाकर्मीहरू प्रभावकारी एवं समन्वयात्क रूपमा परिचालन गरिएको साथै यस क्रममा सुरक्षाकर्मीबाट सामान्य बल प्रयोग भएकाले हालसम्म स्थिति नियन्त्रणमा रहेको तथा केही स्थानमा भएका झडपमा ३ जना सुरक्षाकर्मीसहित १३ जना व्यक्ति घाइते भएको र घाइतेको उपचार विभिन्न स्वास्थ्य संस्थामा भइरहेको छ,’ जारी सूचनामा भनिएको छ ।

यस्तो विषम परिस्थितिमा जिल्लाका सबै राजनीतिक दल, नागरिक समाजलगायत आम नागरिकबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अह्म भूमिकाको अपेक्षा गर्दै प्रशासकीय अधिकृत साहनीले सामाजिक सद्भाव बिग्रिने गरी भ्रामक सञ्चार सामग्रीको प्रचारप्रसार नगर्न नगराउनसमेत अनुरोध गरेका छन् । रेको छ ।

प्रकाशित मिति : २०८० असोज १७ गते बुधबार