बाँके ।
नेपालगन्जमा मंगलबार बिहान पौने १२ बजेदेखि जारी तनावलाई सुरक्षाकर्मीहरूले नियन्त्रणमा लिएका छन् । स्थानीय इदगाह रोडबाट सुरु भएको तनावलाई दिउँसो ३ बजे सुरक्षाकर्मीहरूले आफ्नो नियन्त्रणमा लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय बाँकेले तनाव बढ्दै जान थालेपछि दिउँसो १ बजेदेखि कर्फ्यू जारी गरेको थियो ।
दुई समूहलाई नै प्रहरीले अहिले तितरवितर पारेको छ । तनावग्रस्त नेपालगन्जका सबै स्थानहरूलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको र अवस्था सामान्य रहेको बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण डाँगीले जानकारी दिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै नेपालगन्जमा नेपाली सेनालाई समेत परिचालन गरिएको छ ।
नगरका विभिन्न ठाउँमा दुई समूहबीच ढुंगा हानाहान भएपछि सुरक्षाकर्मीहरूले तनावलाई नियन्त्रणमा लिनका लागि अश्रुग्यास, टियरग्यास तथा कयौं राउण्ड हवाई फायर गरेका थिए ।
अहिले नेपालगन्जमा ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्