बाँके ।
नेपालगन्जमा आज (मंगलबार) ‘सद्भाव ¥याली’ निकालिने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले ‘सद्भाव ¥याली’ आयोजना गर्ने निर्णय गरेको हो ।
प्रशासनमा भएको सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान स्थानीय बीपी चोकबाट ‘सद्भाव ¥याली’को आयोजना गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।
सद्भाव समितिको सहकार्यमा जिल्ला प्रशासन कार्यालय बाँकेले आयोजना गर्न लागेको सद्भाव ¥यालीमा सम्पूर्ण नेपालगन्जबासीसहित विभिन्न धर्मावलम्बीहरू, नागरिक समाजका अगुवाहरूलाई अनिवार्य रूपमा सहभागी हुन अपिल गरिएको छ ।
स्थानीय बीपी चोकबाट बिहान साढे ७ बजे निस्किने ¥यालीले नगरको परिक्रमा गर्ने सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए । नेपालगन्जमा धार्मिक र सामाजिक सद्भाव कायम राख्न ¥यालीको आयोजना गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए ।
नेपालगन्जमा हिन्दू र मुस्लिम समुदायबीच कुनै किसिमको द्वेष नरहेको सन्देश दिनका निमित्त ‘सद्भाव ¥याली’ निकालिन लागिएको उनले बताए । बैठकले नेपालगन्जमा अबदेखि शान्ति अमन चयनमा खलल पु¥याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका ¥याली, जुलुस, प्रदर्शन वा बन्द हड्तालको कार्यक्रम वा गतिविधि कुनै पनि समुदाय र संघसंस्थाले नगर्ने सहमति गरेको छ ।
बैठकमा नेपालगन्जका मेयर प्रशान्त बिष्ट, उपमेयर कमरुद्दीन राई, अन्तरधार्मिक सञ्जालका संयोजक चन्द्र नाथ योगी, मौलाना अब्दुल जब्बार मन्जरी, धार्मिक सद्भाव समितिका संयोजकहरू दिपक लोध, गुलाम हुसेन हल्वाइ, विभिन्न राजनीतिक दलहरूका प्रतिनिधि, नागरिक समाजका अगुवा, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियो ।
यस्तै नेपालगन्जसहित बाँकेको सुरक्षा व्यवस्थामा कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । कुनै अप्रिय घटना घट्न नदिन जिल्लाका अतिसंवेदनशील स्थानहरूमा बाक्लो मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्