नेपालगन्ज ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले सामाजिक सद्भाव भड्किने गतिविधि गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
कुनै पनि व्यक्ति, संघ संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पु¥याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गतिबिधि गर्ने विरुद्ध प्रशासन कडाइका साथ प्रस्तुत हुन लागेको हो ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले आइतबार जारी गरेको जरुरी सूचनामा कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पु¥याउने कानुनविपरीतका कुनै पनि गतिविधि नगर्न/नगराउन जिल्लाबासी सबैमा सूचित गरिएको छ ।
यदि कोही कसैबाट कानुनविपरीतका यस्ता गतिविधि भएको पाइए स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानुनबमोजिम कडा कारबाही गरिने सूचनामा उल्लेख छ ।
प्रकाशित मिति : २०८० असोज १५ गते सोमबार
प्रतिक्रिया दिनुहोस्