बालकलाई ठक्कर दिने मोटरसाइकल चालक प्रहरी नियन्त्रणमा



वीरेन्द्रनगर।

वीरेन्द्रनगरस्थित फोरलेन सडकको गोकुल कटेज नजिकै बालकलाई ठक्कर दिएर फरार भएका मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले ३१ वर्षका मोटरसाइकल चालक अर्जुन पुनलाई नियन्त्रणमा लिएको जनाएको हो। गुर्भाकोट नगरपालिका-१४ का उनले प्रदेश ३ -००२ प ९२०२ नम्बरको मोटरसाइकल चलाएका थिए।

मोटरसाइकलको ठक्करबाट दैलेखको आठबीस नगरपालिका-६ खिड्कीज्यूला घर भएका ६ वर्षीय बालक टेकदर्शन गिरीको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८० असोज १४ गते आइतबार