बाँकेमा दूधको गुणस्तर कायम गर्न पहल



बाँके ।

दूधमा गुणस्तरीयता कायम गर्न स्वयम् दुग्ध व्यवसायी लागेका छन् । उनीहरूले आन्तरिक रूपमा अनुगमन गर्दै व्यवसायीहरूलाई दूधको गुणस्तरीयतामा कमी आउन नदिन अनुरोध गरिरहेका छन् ।

‘हामी दूधको गुणस्तरमा कुनै सम्झौता नहोस् भन्नेमा दृढ छौं । त्यहीअनुसार अघि बढिरहेका छौं । व्यवसायी साथीहरूलाई सचेत र सजग बनाएका छौं,’ दुग्ध व्यवसायी संघका अध्यक्ष दीपक भण्डारीले भने ।

उनका अनुसार दूधको गुणस्तर परीक्षण गर्ने काम समेत भएको छ । संघले आन्तरिक खपतलाई प्राथमिकता दिँदै गुणस्तरलाई महत्व दिइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८० असोज १३ गते शनिबार