न्यायाधीश र वार्डेनको बिदाइ



बाँके ।

कर्मचारी मिलन केन्द्र बाँकेले जिल्ला अदालतबाट पदोन्नति भई उच्च अदालत पोखरामा पदस्थापन भएका न्यायाधीश धनसिंह महरा तथा बाँके राष्ट्रिय निकुञ्जबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा सरुवा भएका वार्डेन श्यामकुमार साहको बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रममा बाँकेका धार्मिक, सांस्कृतिक र पर्यटकीय झलकसहितको मायाको चिनो उपहार दिएर खादा मालासहित उनीहरूलाई फेरि भेटौँला कार्यक्रम गर्दै बिदाइ गरिएको छ ।

सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, कर्मचारी मिलन केन्द्र बाँकेका कार्यबाहक अध्यक्ष गोविन्दप्रसाद पाण्डे तथा मिलन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रबार